images
images

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्मको छुट सुविधा

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्मको छुट सुविधा

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्मको छुट सुविधा

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। कम्पनीले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बताएको छ।

    कम्पनीले डिजिटल बैकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। 

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले देशभरका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र  ९७ वटा शाखारहित बैकिङ इकाईहरुबाट १६ लाख ६७ हजार ग्राहकवर्गलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार