images
images

सानिमा बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सानिमा बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • सानिमा बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कात्र्तिक २ गते बिहीबार आयोजित उक्त सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । 
    बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

    images
    images

    आर्थिक बर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । 

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ । सो अवधिमा बैङ्कको निष्क्रिय कर्जा १.३१ प्रतिशत, पुँजीकोष १४.४२ प्रतिशत, तरलता ३०.०१ प्रतिशत र मासिक कर्जा निक्षेप अनुपात औसत ७९ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार