images
images

सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुदैं

सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुदैं

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • सानिमा बैंकको १४.७० लाभांश बिहीवार पारित हुदैं

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश कात्तिक २ गते बिहीवार पारित हुदैंछ ।

    images
    images

    बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनी दरबार,ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई समेत सभाले पारित गर्नेछ ।

    लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा माग लिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार