images
images

१३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • १३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आउँदो असोज १५ गते १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो । 

    विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ । 

    २०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ । 

    कूल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । 

    खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार