images
images

भदौँसम्ममा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ७ अर्ब ८ करोड कुल बीमा शुल्क, कुनको कति ?

भदौँसम्ममा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ७ अर्ब ८ करोड कुल बीमा शुल्क, कुनको कति ?

तथ्याङकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गर्दा ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • भदौँसम्ममा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ७ अर्ब ८ करोड कुल बीमा शुल्क, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो महिना भदौँ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८ करोडभन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । उक्त समयमा यी कम्पनीहरूले ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गरेका हुन् । 

    तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा भने १०.११ प्रतिशतले घट्न पुगेको छ। गत वर्षको भदौ महिनासम्म १४ निर्जीवन बीमा कम्पनीले ७ अर्ब ८ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । 

    गत वर्षको तुलनामा अधिकांश कम्पनीको व्यवसाय खस्किएको छ। प्रभु, हिमालयन एभरेस्ट, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल, ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क आर्जन बढेको छ भने बाँकी सबैको घट्न पुगेको छ। 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै 

    चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। भदौँ मसान्तसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ९१ करोड ४७ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले गत आर्थिक बर्षको सोहि अवधीमा ८९ करोड ४६ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । जुन गत बर्षको तुलनामा २.२४ प्रतिशतले बढि हो । 

    नेपाल इन्स्योरेन्सको सबैभन्दा कम

    चालु आर्थिक बर्षको भदौँ मसान्तसम्ममा सबैभन्दा कम कुल बीमा शुल्क आर्जन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । १ महिनामा नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले गत आर्थिक बर्षको सोहि अवधीमा ३१ करोड ५२ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । जुन गत बर्षको तुलनामा २५.११ प्रतिशतले घटेको छ । 

    यी हुन् ५० करोडभन्दा बढि शुल्क आर्जन गर्ने ६ कम्पनी

    चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ६ कमपनीहरूले ५० करोड भन्दा बडि कीमा शुल्क आर्जन गर्न सफल भएको छ । जसमध्ये सिद्धर्थ प्रिमियर, शिखर, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेको र राष्ट्रिय बीमा कम्पनी रहेका छ । 

    भदौँ महिनासम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षमा यस कम्पनीले ९५ करोड ३३ लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ६६ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले गत आर्थिक बर्ष ६७ करोड २४ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ५२ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    यी कम्पनीहरूले गत आर्थिक बर्ष क्रमशः ५६ करोड ३० लाख २५ हजार रुपैयाँ, ५३ करोड ६१ लाख ८३ हजार रुपैयाँ, ५३ करोड ९७ लाख ४७ हजार रुपैयाँ र १ अर्ब २१ करोड २१ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । 

    अन्य कुन कम्पनीको कति ? 

    भदौँ महिनासम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    यता प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जिआइसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार