images
images

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास बिक्री गरे कारवाही गरिने

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास बिक्री गरे कारवाही गरिने

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास बिक्री गरे कारवाही गरिने

    नेपाल आयल निगमले निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गरेको पाइएमा कारवाही हुने नेपाल आयल निगमले जनाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी भएको स्पष्ट पार्दै अटेर गर्नेलाई कारवाही गर्ने बताएको हो । 

    images
    images

    ५० केजी र  ४५० केजी क्षमताका सिलिन्डरहरूमा समेत एलपी ग्यास भरी बिक्री वितरण भएको विषयमा  गम्भीर ध्यानाकर्षण गराउँदै निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न आम उपभोक्तालाई समेत अनुरोध गरेको छ । निगमले केही ग्यास उद्योगहरूले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरे पनि नदिएको निगमले स्पष्ट पारेको छ । 

    “निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको छ”, विज्ञप्तिमा भनिएको छ, “तसर्थ १४.२ केजी भन्दा बढी जस्तै ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।” 

    Notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार