images
images

एक बर्षमा निर्जीवन बीमा कम्पनीले गरे २३ अर्ब ५२ करोड दाबी भुक्तानी, कुनले कति गरे ?

एक बर्षमा निर्जीवन बीमा कम्पनीले गरे २३ अर्ब ५२ करोड दाबी भुक्तानी, कुनले कति गरे ?

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • एक बर्षमा निर्जीवन बीमा कम्पनीले गरे २३ अर्ब ५२ करोड दाबी भुक्तानी, कुनले कति गरे ?

    काठमाडौँ / एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले साढे २३ अर्ब रुपैयाँ भन्दा बढि दाबी भुक्तानी गरेका छन् । 

    images
    images

    गत आर्थिक वर्ष २०७९/८० भरमा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई १ लाख ६२ हजार ५२४ वटा दाबी वापत २३ अर्ब ५२ करोड १० लाख ८४ हजार ५६७ रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

    गत आर्थिक बर्षको साउन मसान्तसम्ममा गरिएको दाबी भुक्तानी रकमको आधारमा सर्वाधिक बीमा दाबी दिनमा ‍ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीहरु क्रमशः पहिलो,दोश्रो र तेश्रो स्थानमा छन् ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै 

    १ बर्षको अवधीमा गरिएको दाबी भुक्तानी रकमको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै भुक्तानी गरेको छ । गत आर्थिक बर्ष २०७९÷८० मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १८ हजार ६९३ वटा दाबी वापत ३ अर्ब ७४ करोड २६ लाख ९३ हजार १३१ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम

    १ बर्षको अवधीमा गरिएको दाबी भुक्तानी रकमको आधारमा सरकारी स्वामित्वम रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम भुक्तानी गरेको छ । गत आर्थिक बर्षको साउन मसान्तसम्ममा यस कम्पनीले ११ सय ४६ वटा दाबी वापत १७ करोड ६२ लाख ७० हजार १४३ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    २ अर्ब भन्दा धेरै दाबी भुक्तानी गरेको ४ कम्पनीहरू

    गत आर्थिक बषमा गरिएको दाबी भुक्तानी रकमको आधारमा २ अर्ब भन्दा धेरै रकम भुक्तानी गरेका ४ बीमा कम्पनीहरू रहेका छन् । जसमा शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनी हरको छन् । 

    १ बर्षको अवधीमा शिखर इन्स्योरेन्स कम्पनीले २९ हजार २३५ वटा दाबी वापत २ अर्ब ७७ करोड २५ लाख २० हजार ८५६ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ हजार ८५८ वटा दाबी वापत २ अर्ब ५० करोड ८३ लाख ४६ हजार २३७ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    यता सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १७ हजार ८०५ वटा दाबी वापत २ अर्ब ८५ करोड ४० लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले ९ हजार ८८८ वटा दाबी वापत २ अर्ब १४ करोडमाथि दाबी भुक्तानी गरेको छ ।

    अन्य कुन कम्पनीको कति ? 

    गत आर्थिक बर्षको असार मसान्तसम्मा सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ७ हजार ७७४ वटा दावी वापत १ अर्ब ८ करोड ५२ लाख ८ हजार ५३८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १३ हजार १३ वटा दाबी वापत १ अर्ब ६६ करोड ४५ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

    यता, यूनाइटेड अजोड इन्स्योरेन्सले १० हजार २१० वटा दाबी वापत १ अर्ब ६७ करोड ३९ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गर्दा नेपाल इन्स्योरेन्स कम्पनीले ७ हजार १७० दाबी वापत ७४ करोड ९६ लाख ८६ हजार ८६० रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

    त्यसैगरी, एक वर्षको अवधिमा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ३ हजार ७३५ वटा दाबी वापत ९६ करोड २८ लाख ९० हजार २९७ रुपैयाँ दाबी तिरेको छ भने, नेशनल इन्स्योरेन्स कम्पनीले २ हजार २६९ वटा दाबी वापत ९१ करोड २२ लाख ७३ हजार ८८२ रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

    त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले १० हजार ९९४ वटा दाबी वापत १ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्रभु इन्स्योरेन्सले १८ हजार ७२८ वटा दाबी वापत ६१ करोड ३९ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

    बीमा दाबी भुक्तानी मार्गदर्शनमा के छ व्यवस्था ?

    बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाई व्यवस्थित बनाउने भन्दै बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरेको थियो । समितिले जारी गरेको मार्गदर्शन अनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख आदि कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ ।

    यस्तै बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था छ । निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने व्यवस्था गरेको छ । सर्भेयरले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र सर्भेयरले सर्भे प्रतिवेदन बीमक समक्ष पेश गरेको २१ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ ।

    बीमालेखमा समाविष्ट जोखिमबाट हानी नोक्सानी भई स्थापित भएमा, न्यूनतम दायित्व बीमालेखबाट आउछ भन्ने यकिन भएका बीमकले आंशिक भुक्तानी दिन सकिने व्यवस्था समेत गरेको छ । नोक्सानीको पुरै वा नोक्सानीको कुनै भाग तेश्रो पक्षवाट भराउनु पर्ने भएमा दाबी भुक्तानी वा दाबी फछर्यौट गर्नु अगाडि बिमितले अन्य पक्षवाट असुल उपर गरी लिन पाउने अधिकार वा हस्तान्तरण वा कानूनी कारवाहीमा जानु पर्ने भएमा कानुनी अख्तियारनामा लिनु पर्न व्यवस्था समेत छ । यस्तै बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमित वा हकवालाको बैंक खातामा बैंक मार्फत वा एकाउण्ट पेयी चुक मार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार