images
images

आईपीओ निष्कासन गर्न दुई जलविद्युत् कम्पनी दिए बोर्डमा निवेदन, कम्पनी कुन कुन ?

आईपीओ निष्कासन गर्न दुई जलविद्युत् कम्पनी दिए बोर्डमा निवेदन, कम्पनी कुन कुन ?

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • आईपीओ निष्कासन गर्न दुई जलविद्युत् कम्पनी दिए बोर्डमा निवेदन, कम्पनी कुन कुन ?
    images
    images

    काठमाडौँ / प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न दुई जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

    दरम खोला हाइड्रो इनर्जी लिमिटेडले भदौ ५ गते र भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भदौ १३ गते आवेदन दिएका हुन् ।

    दरम खोला हाइड्रोले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    भुजुङ्ग हाइड्रोपावरले पाँच लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    यी कम्पनीले बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँड गर्नेछ । त्यसपछि मात्र सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार