काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा ४६ हजार ७३० कित्ता एफपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्काशन गर्नेछ ।