काठमाडौँ / सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले लाभांश घोषणा गरेको छ । गत बर्ष करसमेत २२ प्रतिशत प्रतिफल वितरण गरेको कम्पनीले यस बर्ष भने करसहित १८ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।
योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसहित १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले आगामी दिनमा बुक क्लोजको मिति तय गर्नेछ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।