काठमाडौँ / कुमारी बैंक लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएका छन् । महुली लघुवित्तको १४ हजार कित्ता र कुमारी बैंकको ३ हजार ६७० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।
यी दुवै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि बैंकको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
त्यस्तै महुली लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा वितरण नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्ने दुवै कम्पनीले जानकारी दिएका छन् ।