images
images

तीन दलका प्रभावशाली नेताहरुको एकै स्वर : ‘सरकारले राम्रो काम गरेको छ, आफ्नो समयावधिसम्मै टिक्छ’

तीन दलका प्रभावशाली नेताहरुको एकै स्वर : ‘सरकारले राम्रो काम गरेको छ, आफ्नो समयावधिसम्मै टिक्छ’

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • तीन दलका प्रभावशाली नेताहरुको एकै स्वर : ‘सरकारले राम्रो काम गरेको छ, आफ्नो समयावधिसम्मै टिक्छ’

    काठमाडौं/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आवद्ध रहेका तीनवटा दलका प्रभावशाली नेताहरुले सरकारमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।  

    images
    images

    एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेका नेता दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व न्यायाधिवक्ता मुक्ति प्रधान र जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकार सही गतिमा अगाडि बढिरहेको मात्रै बताएनन्, उनीहरुले गठबन्धन दलका बीचमा कुनै समस्या नरहेको बताए । 

    सरकार, गठबन्धन र समाजवादी मोर्चाको जनक जसपा हो, सुशासनको पक्षमा काम भइरहेको छ : मनिष सुमन

    जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकारले गौर काण्डका बारेमा गरेको सहमतिको बुँदा नम्बर १ सँग पार्टीले आपत्ति जनाएको बताए । ‘गौर काण्डका बारेमा सरकारले गरेको सम्झौतालाई हामीले गम्भीरताका साथ लियौं ।

    किनकी बुँदा नम्बर १ विवादास्पद थियो ।’ उनले भने, ‘पूर्वाग्रही जाहेरीलाई आधार मानेर १७ वर्षपछि निर्दोषलाई फसाउने उद्देश्यका साथ त्यो सम्झौताको बुँदा १ थियो भनेर हामीले प्रधानमन्त्रीजीलाई भेटेर असन्तुष्टि व्यक्त गरेकै हो ।’ 


    प्रधानमन्त्री प्रचण्डले उक्त बुँदा नं. १ को सम्झौता करकापमा गरेको बताएको उनको भनाई छ । उनले सरकार र पीडितबीच भएको अन्य सम्झौताहरु सालिक बनाउने, क्षतिपूर्ति दिने, राजपत्रमा प्रकाशित गर्ने भन्नेमा जसपाको कुनै फरक मत नरहेको बताए । उनले सरकार र गौर काण्डका पीडितबीच भएको सहमतिको बुँदा नम्बर १ लाई मिलाउने सन्दर्भमा कानुनी परामर्श लिएर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गरको बताए । 


    ‘प्रधानमन्त्रीजीले त्यस्तो केही हुँदैन, त्यो कुनै करकापमा मैले गरेँ । कहाँबाट भयो भन्ने म आफैं प्रष्ट छैंन,’–नेता सुमनले भने, ‘बुँदा नम्बर १ लाई कसरी मिलाउन सकिन्छ म कानुनी सल्लाह लिन्छु भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’
    उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरिरहको बताए । साथै अहिलेको सरकार, गठबन्धन र समाजवादी मोर्चाको जनक जसपा भएको उनको दाबी छ ।


    ‘हाम्रो नजरमा जनता समाजवादी पार्टीले राम्रो काम गर्दैछ । हामी यो सरकार निर्माणको जनक हौं । यो सरकार निर्माण गर्ने हामी जनक नै हौं । गठबन्धनको जनक हौं । आफैंले बनाएको घर कसलाई मन पर्दैन र अलिकति कोठा नमिले पनि ठीकै छ,’– उनले भने । 


    ललिता निवास प्रकरण, शरणार्थी प्रकरण र सुनकाण्डमा सरकारले निर्वाह गरेको भूमिकामा आम जनताले सरकारलाई स्यावासी दिइरहेको उनको भनाई छ । वर्षौदेखि गाडिएका मुद्दा उखेलिएको र पूर्णता पनि पाउने उनले विश्वास व्यक्त गरे । सरकार जसपासँग डराउन पर्ने कुनै कारण नरहेको उनले बताए । जसपाले सरकारले थालेको सुशासनका कामकारबाहीमा निरन्तर सहयोग गरिरहने उनको भनाई छ । 


    ‘सरकारलाई जनता समाजवादीबाट डराउन पर्ने केही छैन । जनमत पाटी सरकारमा सामेल हुँदा पनि हामी खुसी नै छौं,’– उनले भने ।  


    जनमतले उपराष्ट्रपतिको निर्वाचन र बारा–२ को उपनिर्वाचनमा गठबन्धन विरोधी काम गरेपनि आफूहरुले सहज रुपमा लिएको उनले बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसदीय समितिका समेटेपछि कोशी प्रदेशमा रहेको अस्थिरता अन्त्य हुने निश्चित भएको उनको भनाई छ । 


    उनले कोशीमा अब मध्यावधि टरेको बताए । उनले राप्रपालाई पनि सरकारमा समेटेमा आफूहरुलाई कुनै आपत्ति नरहेको बताए । 


    उनले जसपाले सरकारसँगको सम्बधन दीगो रुपमा रहोस् भन्ने चाहेको बताए । जसपाबाट नआत्तिन सरकारलाई आग्रह गर्दै उनले सरकारले अहिले ठीक काम गरिरहेको बताए । 

    विधिको शासन चाहनेहरु वर्तमान सरकारको कामकारबाहीबाट आँत्तिनहुँदैनः पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान

    त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलको सरकारले देशमा समृद्धि सुशासन र सामाजिक न्याय चाहेको बताए । प्रतिगनको खतराको विरुद्धमा गठबन्धन सरकार बनेको उनको भनाई छ । ‘अहिलेको प्रतिगमनको खतराको विरुद्धमा गठबन्धनको सरकार छ ।

    यो गठबन्धनको सरकार सम्पूर्ण लोकतन्त्रवादीहरु जो यो देशको समृद्धि चाहन्छन्, यो देशमा सुशासन चाहन्छन्, सामाजिक न्याय चाहन्छ ।’ उनले भने, ‘देशलाई नयाँ ठाउँमा लानका लागि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत, समानुपातिक, समावेशी धर्म निरपेक्षतालाई संस्थागत गर्ने र नेपाली जनताको भविष्य सुनिश्चित गर्न वर्तमान सरकार दत्तचित्त छ ।’ 


    उनले वर्तमान सरकार विभिन्न भ्रष्टाचारविरुद्धमा उभिएको बताए । अहिलेको सरकार लोकतान्त्रिक सरकार भएकाले आफ्नो उद्देश्यलाई आत्मसाथ गरेर जाने उनको भनाई छ । वर्तमान सरकारसँग कानुको शासन चाहनेहरु कोही पनि आत्तिन नहुने उनले बताए । 


    ‘नेपालमा लामो समयदेखि दण्डहीनताको अवस्था थियो । आम नेपाली जनता वाक्कदिक्क थिए । नेपालमा कानुन क्रियाशील थिएन । संविधान कार्यान्वयनमा ढिलाई भएको थियो । वर्तमान सरकारले काम सुरु गरेको छ । कानुनको सशान र विधिको शासन चाहनेहरु आत्तिन हुँदैन,’– नेता प्रधानले भने । 


    सरकारले ठीक गरेको छ कि बेठीक गरेको छ भनेर वस्तुनिष्ठ ढंगले टिप्पणी गर्न जरुरी रहेको बताउँदै उनले काल्पनिक ढंगले मनगढन्ते कुरा गरेर आरोप लगाउनुको कुनै औचित्य नरहेको बताए । 


    उनले लामो समयदेखि देश र जनताको विरुद्धमा भएका भ्रष्टाचारहरुका विरुद्धमा खबरदारी गर्न जरुरी रहेको बताए । सरकारले सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनको भनाई छ । आज मुलुकमा प्रतिगमन र संविधान विरोधी तत्वहरुको चुनौति रहेको उनले बताए । 


    ‘आज मुलुकमा प्रतिगमनको चुनौति छ । संविधान विरोधीहरुको चुनौति छ र संविधानले अंगिकार गरेको नेपालको समृद्धि र समाजवाद उन्मुख मार्गमा अवरुद्ध गर्नेहरुको चुनौति छ,’– उनले भने ।  


    वर्तमान सरकारले कानुनी शासन, मानव अधिकार, सुशासन , संविधानको म्यान्डेट र नेपाली जनताको म्यान्डेटको आधारमा आफ्नो कार्य कुशलता देखाउँदै गएको उनको भनाई छ । उनले सरकारको काम कारबाहीका आम जनताले समर्थन गर्न जरुरी रहेको बताए । 


    कुनै पनि प्रकरणमा कुन मुद्दा लाग्ने वा नलाग्ने भन्ने कानुनअनुसार हुने बताए । कसैले चाहेर, कसैमाथि प्रश्न उठाएर मुद्दा नलाग्ने उनले बताए । अनुसन्धानको आधारमा अभियोजन गर्ने बताउँदै उनले कसैले कसैलाई उजुरी दिँदैमा राज्यले भटाभट कारबाही गर्न नसक्ने उनले बताए । 


    उनले अहिले ललिता निवास प्रकरणको अभियोजनको बारेमा उठेको प्रश्नमा अदालतले निरुपण गरेर न्यायिक निष्कर्षमा पुर्याउनले बताए । 


    उनले सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृणबहादुर महरामाथि लागेको आरोपमा प्रमाण पुगेको खण्डमा कारबाही हुने बताए । नेता प्रधानले संविधान र कानुनको उल्लङ्घन गरेर जनता र देशमाथि खेलवाड गर्ने छुट कसैलाई पनि नरहेको बताए । 


    ‘माओवादी पार्टीभित्र के–कस्ता कसुर गर्ने मान्छे छन् ? प्रमाण पुर्याउनुस् कारबाही गर्न सक्नुहुन्छ भनेर अध्यक्षले पनि भनिसक्नु भएको छ । हाम्रो पनि धारणा त्यही हो,’– उनले भने । 

    सरकारले गति लिइराखेको छ, कांग्रेस प्रधानमन्त्री प्रचण्डलाई पुष्पकमल दाहालमा रुपान्तरण भएको हेर्न चाहन्छ : दीपक खड्का

    नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक खड्काले गठबन्धन सरकार आफ्नो समयावधिसम्म चल्ने दाबी गरे । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्ने र सरकारले तलमाथि गरको खण्डमा सचेत गराउँदै अगाडि बढ्ने उनको भनाई छ ।


    ‘यो सरकार आफ्नो समयावधिसम्म चल्छ । यसमा कुनै फरक पर्दैन । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्छ । मुलुकमा अस्थिरता भयो । यो राजनीतिक परिवर्तन भयो ।’ उनले भने, ‘स्थायित्व नभएको कारण सुशासन कायम हुनसकेन । आर्थिक प्रगतिको बाटो सुस्त देखियो भन्ने कांग्रेसको प्रष्ट धारण हो ।’


    निर्वाचनको समयमा कांग्रेसले सरकार पाँच वर्ष चलाउने, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट भन्दै भोट मागेको स्मरण गर्दै उनले उक्त मर्मबाट पार्टी बाहिर नजाने बताए ।  ‘हामीले जनतासँग भोट माग्दैगर्दा हामी यो सरकार पाँच वर्ष चलाउँछौं, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट मागेका हौं । त्यो मर्मभन्दा बाहिर कांग्रेस छैन,’– उनले भने । 


    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गति लिइराखेको उनको भनाई छ । उनले सरकारले खोलेका विभिन्न भ्रष्टाचारको फाईल निश्कर्षमा पुर्याउन आवश्यक रहेको बताए । उनले सरकारका संरचनाले गरेको छानविनमा चित्त नबुझेको खण्डमा सुन तस्करीको छानविन गर्ने भनेर दलहरुबीच सहमति भएको बताए । 


    उनले अहिलेको सरकार प्रधानमन्त्री प्रचण्डका लागि अवसर र चुनौति दुवै भएको बताए । प्रचण्डको यो कार्यकाल प्रचण्डलाई पुष्पकमल दाहालमा परिणत गर्ने मौका भएको उनको भनाई छ ।


    ‘उहाँको नामै त्यस्तो छ, प्रचण्ड ! प्रचण्डलाई पुष्पकमल दाहालमा परिणत गर्ने यो असाध्यै ठूलो मौका पनि हो । यो मौकाबाट उहाँ विचलित हुनुहुन्न भन्ने मलाई लाग्छ । उहाँले सहकार्यका लागि जोड दिएको पनि देखिन्छ,’– उनले भने । 
    प्रधानमन्त्री प्रचण्डले गिरीबन्धुृ टि स्टेट प्रकरण ललिता निवास प्रकरणजस्तै भएको र त्यसको पनि छानविन अगाडि बढाने बताएको उनको भनाई छ । उनले राज्यले  यस्ता प्रकारका ठूला प्रकरणलाई कानुनी दायरामा ल्याउनुलाई सुशासनको पाटो मान्नुपर्ने बताए । 


    ‘उहाँ (प्रचण्ड) ले भन्नुभएको छ, ललिता निवास जस्तो हो, गिरीबन्धु चियाको जग्गा प्रकरण त्यस्तै हो । यसमा केही फरक छैन । गिरीबन्धु प्रकरणमा पनि कारबाही हुनुपर्छ । यस्ता ठूला प्रकरणलाई राज्यले कानुनी दायरामा ल्याउन थाल्छ । यसको सुरुवातीलाई सुशासनको पाटो मान्नपर्छ,’– नेता खड्काले भने । 


    सरकारले सुशास कायमको नाममा व्यक्तिगत प्रतिशोधबाट मुक्त रहन पर्ने उनको भनाई छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रचण्डबाट पुष्पकमल दाहाल भएको हेर्न चाहेको बताए । सरकार तलमाथि हुने कुरामा शंका नगर्न उनले आग्रह गरे ।

    सरकारले तलमाथि र ढिलासुस्ती गरेको खण्डमा कांग्रेसले सजग गराउँदै सरकारलाई अगाडि बढाउने उनले बताए । कांग्रेस कानुनी राज्य, सुशासन र लोकतन्त्रको पक्षमा रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार