images
images

साउनमा निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे झन्डै ४ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

साउनमा निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे झन्डै ४ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

निर्जीवन बिमा कम्पनीहरूको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५८ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • साउनमा निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे झन्डै ४ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

    काठमाडौँ / आर्थिक कर्ष २०८०/८१ को पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीहरूले ३ अर्ब भन्दा बढि कुल बिमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बिमा कम्पनीहरूको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५८ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । उक्त समयमा कम्पनीहरूले २ लाख १३ हजार ८२८ वटा बीमालेख बिक्री गरेको छ । 

    सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरन्सको 

    बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा सगरमाथा लुम्बिनी इन्स्योरन्स कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । साउनमा कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । यस अवधीमा कम्पनीको बजार हिस्सा १३.८४ प्रतिशत रहेका छ । 

    सबैभन्दा कम नेपाल इन्स्योरेन्सको 

    बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा नेपाल इन्स्यारेन्स कम्पनीले सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको छ । साउनमा कम्पनीले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । यस अवधीमा कम्पनीको बजार हिस्सा ३.५६ प्रतिशत रहेका छ । 

    अन्य कुन कम्पनीको कति ? 

    चालु आर्थिक बर्षको पहिलो महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सपछि सबैभन्दा धेरै (दास्रोमा सबैभन्दा धेरै) बीमा शुल्क आर्जन गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यस अवधीमा सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको बजार हिस्सा १०.६६ प्रतिशत रहेको छ । 

    यस्तै, तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको रहेको छ । साउनमा कम्पनीले ३४ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने, बजार हिस्सा ८.६२ प्रतिशत रहेको छ । 

    यस्तै, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने बजार हिस्सा ८.४५ रहेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने बजार हिस्सा ७.६३ रहेको छ । राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने बजार हिस्सा ७.३९ रहेको छ । 

    त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी कम्पनीहरूको बजार हिस्सा क्रमशः ६.६४ प्रतिशत, ६.२९ प्रतिशत, ६.२७ प्रतिशत र ६.०४ प्रतिशत रहेको छ । 

    यता त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन र बजार हिस्सा ५.२० प्रतिशत, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन र बजार हिस्सा ४.९२ प्रतिशत, सानिमा जिआसीले १७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन र बजार हिस्सा ४.४९ प्रतिशत, नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन र बजार हिस्सा ३.५६ प्रतिशत गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार