images
images

कामना सेवा विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशथान  कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाहरूबिच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले बैङ्कले सो कार्यक्रमको आयोजना गरेको हो । 

    images
    images

    समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै बैङ्कको भोटाहिटी शाखा कार्यालयमार्फत भदौ ९ गते उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

    बालबालिकाहरूको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानैदेखि बचतको महत्त्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैङ्कले जानकारी दिएको छ । 

    कार्यक्रममा बैङ्कका कर्मचारीहरूले नानीबाबुहरूलाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालन सम्बन्धि जानकारी झोलालगायत सामग्री वितरण गरेका थिए । 
    सो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास रहेको बैङ्कको भनाइ छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार