images
images

सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने, किन भएन मुद्दाको सुनवाइ ?

सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने, किन भएन मुद्दाको सुनवाइ ?

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने, किन भएन मुद्दाको सुनवाइ ?

    काठमाडौँ / क्रिकेटर सन्दिप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् ।  नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने बताइएको हो । 

    images
    images

    उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो । अर्को पेशी भदौ २१ गते तोकिएपछि उनी एसिया कप खेल्न पाकिस्तान जाने निश्चित भएको हो । 

    एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबिच  पाकिस्तानको मुल्तानमा हुनेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८)मा श्रीलंकामा खेल्नेछ । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गएर अभ्यास गरिरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार