काठमाडौँ / धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकैको सडकबाट यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो ।
यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।