images
images

'Operation 9 And Workstreams' विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न

'Operation 9 And Workstreams' विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न

शनिवार, फागुन १७ २०८१
शनिवार, फागुन १७ २०८१
  • images
    images
    'Operation 9 And Workstreams' विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न
    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको प्रमुख आतिथ्यतामा परिसर काठमाडौं मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा 'Operation 9 And Workstreams विषयक १ दिने कार्याशाला गोष्ठी परिसरको सभाहलमा सम्पन्न भएको छ। 

    images
    images

    उक्त कार्याशाला गोष्ठीमा परिसर मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुले आ– आफ्नो जिम्मेवार क्षेत्रभित्रको शान्ति सुरक्षाको अवस्थिति बारेमा जानकारी गराएका थिए । 

    परिसर प्रमुख प्र.व.उ. विश्व अधिकारीले 'One Team - One Theme'  को मुलमन्त्रलाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्नको लागि निर्देशन दिएका छन् । 


    सो क्रममा उनले प्रहरीले व्यावसायिक निष्ठालाई पछ्याउँदै शान्ति सुरक्षासँग सम्वद्ध सरोकारवाला व्यक्ति निकाय संस्थासँगको सहकार्यमा समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम गरी जनधनको रक्षा गर्नको लागि प्रहरी सेवा प्रवाह गर्नु नै Operation 9 (NINE: Nurturing Integrity - Networked Enforcement) को आधारभुत अवधारणा भएकोले यसलाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्नको लागि समेत निर्देशन दिए 

    Operation 9  सुरक्षित उपत्यकाूका लागि ल्याईएको नयाँ अवधारणा भएकोले व्यावसायिक निष्ठापुर्वक प्रहरी सेवा प्रवाह गरी अपराध गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सम्वद्ध सरोकारवाला व्यक्ति संस्था निकायहरुको सञ्जाल विस्तार गरी नेपाल प्रहरी संगठनको सत्य, सेवा, सुरक्षणम् को मुलमन्त्रलाई साकार पार्न समेत निर्देशन दिए ।

    police nepal.jpg

    उपस्थित प्रहरी अधिकृतहरुलाई Operation 9 अन्तर्गत रहेको ९ वटा 'Workstreams' (१.प्रहरी सेवा प्रवाह, २.प्रहरी कारवाही, ३.अपराध अनुसन्धान, ४.मानव अधिकार, ५.प्रविधिमैत्री प्रहरी, ६.सामुदायिक प्रहरी, ७.कार्यालय व्यवस्थापन र कार्य वातावरण सुदृढीकरण, ८.स्रोत साधन व्यवस्थापन र ९.अन्वेषण तथा नवप्रवर्द्वनात्मक कार्य) का विषयमा परिसर काठमाडौंका प्र.ना.उ. सुन्दर तिवारीले अवधारणापत्र प्रस्तुत गरेका थिए । 

    उक्त कार्यशाला गोष्ठीमा परिसरका प्र।उ। अपील राज बोहरा र प्र.उ. कुलदिप चन्द , परिसर मातहत नगर प्रहरी कार्यालय काठमाडौंका प्रमुख, १४ वटा प्रहरी वृत्तका प्रमुख, परिसरका सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी प्रभाग एवं इ.प्र.का. का प्रमुख लगायत ४८ जनाको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार