images
images

रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध

रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
    images
    images

    किएभ / युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठुलो आवासीय क्षेत्रमा विद्युत् आपूर्ति अवरूद्ध भएको छ ।

    विद्युत् आपूर्ति अवरुद्ध हुँदा उक्त क्षेत्रमा बस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधबार बताएका छन् । 

    नगर प्रमुख गेन्नाडी ट्रुखानोभले टेलिग्राममा भनेका छन्, “शहरको घना बस्ती भएको क्षेत्रमा शत्रुको ठुलो आक्रमणका कारण आवासीय क्षेत्रको ठुलो भागमा बिजुली, पानी र विद्युतको अभावमा अन्य सेवा प्रभावित बनेका छन् ।

    उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए। ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिएका छैनन् ।

    विगत तीन वर्षदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारका साथै यसका शहर र गाउँहरूलाई लक्षित गर्दै आएको छ ।

    युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले वार्ताका लागि टोली गठन गर्न सहमत भएको एक दिनपछि ओडेसामा आक्रमण भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार