काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा मदन पुरस्कार प्राप्त साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित आत्मकथा लोकेन्द्रबहादुर चन्द पुस्तकको कभर सार्वजनिक भएको छ ।
शनिबार ८६ वर्ष प्रवेशको अवसर पारेर उनले लेखेको कुञ्जद्वारा प्रकाशित आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तकको कभर सार्वजनिक भएको हो ।
पुस्तक आउँदो २०८२ साल जेठ महिनाभित्र प्रकाशित हुने पनि जानकारी गराइएको छ । पुस्तकमा लोकेन्द्रबहादुर चन्दले भोगेको, देखेको जीवनको बारेमा बताइएको छ ।
उनी कसरी पश्चिम पहाडको बैतडीबाट जीवन प्रारम्भ गरेर नेपालमा चार पटक प्रधानमन्त्री बन्न सफल भए ?
प्रधानमन्त्री हुँदाका बखत के के कार्यहरू भए ? त्यसअघि उनको जीवनमा के के घटना भए ? कसरी राजनीतिमा लाग्दालाग्दै साहित्य कोर्न सफल भए ? मदन पुरस्कार प्राप्त लेखक कसरी बने ? उनको जीवनमा कस्ता कस्ता मोडहरू आए ? विषम परिस्थिति आउँदा उनले कसरी त्यसलाई व्यवस्थापन गरे ? जीवनभर इमान्दार बनेर पनि काम गर्न कसरी सकिन्छ ? जस्ता कुरा किताबभित्र रोचक तरिकाले प्रस्तुत गरिएको छ ।