images
images

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक

भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक
    images
    images

    काठमाडौं/  गेटसेटगेम – एरोस सोलुसन प्रा. लि.को खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । 

    प्रतियोगिता फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौं मा आयोजना हुँदैछ । यो प्रतियोगिता खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    १६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन्। गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् । 

    एरोस सोलुसनका प्रबन्ध निर्देशक, राज जङ्ग थापा, भन्छन्, “हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं । 

    उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ।“ यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू – पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’, र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् ।

    सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ । 

    सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ। टिम दर्ता मिति फेब्रुअरी २४, २०२५ मा बन्द हुनेछ ।

    दर्ताका लागि गेटसेटगेम नेपाल का सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ। यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवद्र्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ ।

    गेटसेटगेम – एरोस सोलुसनको बारेमाः
    गेटसेटगेम – एरोस सोलुसनको खेल व्यवस्थापन शाखा हो, जसले सफल खेलकुद प्रतियोगिता आयोजना गर्ने समृद्ध इतिहास बनाएको छ । 

    गत वर्षको न्यु ब्यालेन्स ३×३ कर्पोरेट बास्केटबल सिजन १, सुपर एक्स टी १० क्रिकेट प्रतियोगिता, र केएफसी कर्पोरेट टी१० क्रिकेट प्रतियोगिताका दुई सिजन गेटसेटगेम द्वारा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार