काठमाडौँ / नेपाल आयल निगमले आज शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टितेलको घटाएको छ । निगमको फागुन ३ गतेको निर्णय अनुसार अब पेट्रोल प्रतिलिटर एक रुपैयाँले बढ्दा र डिजेल तथा मट्टितेल ४ रुपैयाँले घटेको हो ।
मूल्यघटेसँगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ र डिजेल र मट्टितेल १५६ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ्गमा भने पेट्रोल प्रतिलिटर १६७ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।