images
images

बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था कस्तो छ ?

बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था कस्तो छ ?

शनिवार, फागुन ३ २०८१
शनिवार, फागुन ३ २०८१
  • images
    images
    बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था कस्तो छ ?
    images
    images

    काठमाडौँ / पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ ।

    शनिबार पोखराबाट जलन घाईते भई कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले जनाएको छ ।

    उनीहरुको प्रारम्भिक मूल्याङ्गन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको  छ ।

    उपचारमा प्राडा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा.मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ्ग टोली संलग्न छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार