images
images

आजको मौसम : देशका विभिन्न ठाउँमा मौसम बदली रहने

आजको मौसम : देशका विभिन्न ठाउँमा मौसम बदली रहने

शनिवार, फागुन ३ २०८१
शनिवार, फागुन ३ २०८१
  • images
    images
    आजको मौसम : देशका विभिन्न ठाउँमा मौसम बदली रहने
    images
    images

    काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका विभिन्न ठाउँमा मौसम बदली भएको रहेको छ । 
    शनिबार बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेने छ । यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार