images
images

एसयूभी दिपल ई०७ औपचारिक रूपमा लन्च, कति मूल्यमा हुँदैछ बिक्रीको सुरुवात ?

एसयूभी दिपल ई०७ औपचारिक रूपमा लन्च, कति मूल्यमा हुँदैछ बिक्रीको सुरुवात ?

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • एसयूभी दिपल ई०७ औपचारिक रूपमा लन्च, कति मूल्यमा हुँदैछ बिक्रीको सुरुवात ?
    images
    images

    काठमाडौँ / विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रूपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् । 

    सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार श्ररुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

    यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रूपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइयो । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।

    सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् । 
    यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए । 

    उनले भने, “अहिले धेरै प्रविधिहरूको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ । नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ । योभन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला । यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आएको छ । यस्ता खालको फिचर भएको कारा नेपालमा पहिलो पटक लन्च हुदैँछ । ई–०७ ले एस्यूभिबाट अपेक्षा गरेको जस्तो एकदमै राम्रो सुविधाहरू दिनेछ ।”

    Deppal e 07.JPG

    उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए । दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।

    रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने जानकारी गराइयो । 

    २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरून्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार