आज विक्रम संवत २०८१ साल माघ १४ गते, सोमबार । ईश्वी सन् २०२५ जनवरी २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष त्रयोदशी तिथि, १९ः४४ बजेपछि चतुर्दशी। मूल नक्षत्र, ८ः२० बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। आर्थिक लाभका दृष्टिले कुनकुन राशिलाई आज फाइदा हुनेछ । हेर्नुस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा कमीकमजोरी देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरुका लागि उपयोग भइएला । उपलब्धिहीन काममा समय बित्न सक्छ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ । प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी वा पेशामा समय लागेपनि सोचेको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा आकस्मिक हानि हुने योग छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रामा सफलता हात लाग्नेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ । नयाँ योजनामा लगानी गर्दा जोखिम बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन लाभका नयाँ अवसर प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। गोपनीयता बाहिरिन सक्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। गरिएको कामबाट आंशिक फाइदा हुनेछ । मेहनत गर्दा उपलब्धि प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन र स्वास्थ्य दुवैमा लाभ रहनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि खर्चमा वृद्धि हुनेछ। रोकिएका काम बन्ने योग छ । आर्थिक लाभ हुने काम सम्पादन हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा छिटो फलको आशाले गलत कार्य नगर्नुहोला। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। समय अनुसार चल्न नक्दा पछि परिनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। कार्यक्षेत्रको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। चुनौती पन्छाएर काम गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा अवसरवादीहरूबाट सावधान रहनुपर्ने हुन्छ। खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू सक्रिय हुनेछन् । जोगिएर काम गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रमा नयाँ सम्पर्क बढ्नाले भविष्यमा लाभ मिल्न सक्ला। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर गर्नुहोस् लाभ मिल्नेछ।पहिलेको सफलताले हौसला जगाउनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अवसर प्राप्त होला। व्यापार व्यवसायबाट लाभि लिन सकिनेछ । तत्कालका लागि मनग्य लाभ नभए पनि दिगो फाइदा हुने काम सुरु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा नमागी कसैलाई सल्लाह नदिनुहोला। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफ्नो मेहनतको फाइदा लिन अरु सक्रिय हुनेछ । अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला। आवश्यक सामाग्री जुटाउन समय लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी नोकरीमा कामको जिम्मेवारी बढ्नेछ। अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। थोरै लगानी गरेको व्यवसायबाट पनि फाइदा लिन सकिनेछ । नयाँ काम सम्पादन गर्ने समय छ । सञ्चित धनको उपयोग गर्दा लाभ लिन सकिनेछ । खर्च बढ्नेछ । भविष्यका लागि सञ्चय गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आय सामान्य छ । कार्यक्षेत्रमा चिताएको कार्य पूर्ण गर्नमा बाधा हुनेछ। नयाँ कार्य प्रारम्भमा गर्न केही समय पर्खनुहोस् । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। व्यापारमा लगानी बढाउन सकिनेछ।