काठमाडौँ / ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले दुई वटा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले ‘सक्सेस पार्टी’को आयोजना गर्दै उनले एकैदिन दुईवटा चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
उनले “पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ घोषणा निर्माणको घोषण गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी–२’ वि.सं. २०८२ मा र ‘रोल नं १’ २०८३ मा रिलिज गर्ने तयारी छ ।
बालमनोविज्ञानमा आधारित रहेर उनले चलचित्र ‘रोल नं १’ बनाउने तयारी गरिएको बताइएको छ । पूर्ण बहादुरको सारङ्गी सफल भएपछि निर्माता पौडेलले सिक्वेल बनाउने तयारी गरेका हुन् ।
एक करोड ३० लाख लगानीमा बनेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।