images
images

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत खाता’मा आकर्षण बढ्दो, खाता खोलेकै भरमा २६ लाखको बिमा सुविधा

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत खाता’मा आकर्षण बढ्दो, खाता खोलेकै भरमा २६ लाखको बिमा सुविधा

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • कुमारी बैंकको ‘परिवार सुरक्षा बचत खाता’मा आकर्षण बढ्दो, खाता खोलेकै भरमा २६ लाखको बिमा सुविधा
    images
    images

    काठमाडौँ / मानवीय जीवनमा आइपर्ने जोखिम व्यवस्थापनको महत्त्वपूर्ण औजार हो बिमा । आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको भार बिमकलाई हस्तान्तरण गर्न बिमा गरिन्छ । भविष्यमा हुनसक्ने अनिश्चित जोखिम र आर्थिक नोक्सानीबाट बच्न बिमितले सर्तसहितको बिमा योजनामा सम्झौता गरेका हुन्छन् ।

    जसमा निश्चित प्रिमियमसमेत तिर्नुपर्ने हुन्छ । तर कुमारी बैंक लिमिटेडले भने बैंक खाता खोलेकै आधारमा आफ्ना ग्राहकहरूलाई २६ लाख रुपैयाँसम्मको बिमा सुविधा दिइरहेको छ । अत्याधुनिक बैंकिङ सेवा सुविधाहरू प्रदान गर्दै निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक कुमारीले विगत ६ बर्षदेखि यस्तो सेवा दिइरहेको हो । 

    खातावालासहित परिवारका चारजना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बिमा प्राप्त गर्न सक्ने खाता योजनाको नाम हो ‘परिवार सुरक्षा बचत खाता’ । 

    नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफैँ, तथा दुई सन्तानको स्वतः बिमा हुने प्रावधान छ । खाता योजना बैंकिङ उद्योगकै उत्कृष्ट भएको बैंकको दावी छ । 

    बैंकको संस्थागत तथा रिटेल बैंकिङ बिभागका प्रमुख अनिल निरौलाका अनुसार यस योजनामा सेवाग्राहीले यो खाता खोलिसकेपछि सामान्य खातामा जस्तै जति पनि कारोबार गर्न सक्छन् । जे जति निक्षेप रहन्छ यसको ब्याज अन्य खाता सरह नै पाउन सकिन्छ । 

    ‘कम्बो’ सुविधा भएकाले यस योजनाअन्तर्गत सेवाग्राहीले एक्सिडेन्टल डेथ, पर्मानेन्ट टोटल डिस्याब्लिटी, क्रिटिकल इलनेश, मेडिकलसहितको सुविधा पाउन सकिन्छ । खातावालाको दुर्घटना भएको खण्डमा बैंकले आफैँ बिमा दाबी तिर्दैन ।

    बैंकले बिमा कम्पनीसँग सहकार्य गरेको हुन्छ । जति दाबी आए पनि बैंकले सोही अनुसार प्रिमियम खरिद गरेको हुन्छ । आफ्ना बचतकर्तालाई थप सुविधा प्रदान गर्न बैंकले बिमा कम्पनीसँग सहकार्य गरेको कारणले बैंकले जाोखिम बहन गर्नुपर्दैन । बिमा कम्पनीमा प्रिमियम तिरेर किन्न पाइने सुविधा कुमार बैंकले भने परिवार बचत खाता खोल्ने आफ्ना बचतकर्तालाई निःशुल्क रूपमा उपलब्ध गराएको हो ।  

    परिवार सुरक्षा बचत खाता कसरी खोल्ने ? 

    कुमारी बैंकमा परिवार सुरक्षा बचत खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ राख्नुपर्नेछ । यो कुनै शुल्क वा किस्ता भने होइन । बचतकर्ताले खातामा राख्नुपर्ने न्यूनतम् मौज्दात मात्रै हो । खातावालाले उक्त रकमको ब्याज नियमित पाइरहेको हुन्छ भने खाता बन्द गर्दा सबै रकम फिर्ता पाइनेछ । 

    बैंकले बिमाको जोखिम कसरी गर्छ बहन  ? 

    यस योजनाअन्तर्गत बैंकमा खाता खोलेकै भरमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरूका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा उपलब्ध रहेको छ । बैंकको परिवार बचत खातामा थप लाभ (एडिसनल बेनिफिट)को रूपमा बिमाको २६ लाख रुपैयाँको प्याकेज ‘बन्डल अप’ गरिएको छ ।

    सो प्याकेजअन्तर्गत खाता खोल्ने व्यक्तिको श्रीमान वा श्रीमती र  दुई जना बर्षभन्दा कम उमेरका बच्चाहरूको जोखिम बहन गरिन्छ । यस योजनामा खातावाल व्यक्ति तथा उसको श्रीमान/श्रीमतीकाको दुर्घटनामा निधन भएमा वा पूर्ण रूपमा अशक्त भएमा १०/१० लाख रुपैयाँ बराबरको जोखिम बहन हुन्छ । त्यस्तै, दुई जना बच्चाहरूको दुर्घटनामा निधन भएमा वा पूर्ण रूपमा अशक्त भएमा २/२ लाख रुपैयाँ जोखिम बहन हुन्छ । 

    सरकारले प्राण घातक रोग उल्लेख गरेको रोग लागेको खण्डमा खातावालाले १ लाख रुपैयाँ प्राप्त गर्न सक्छन् । एक लाख रुपैयाँ भने मेडिकल बिमाका लागि छुट्याइएको छ । यसका लागि भने २४ घण्टा अस्पताल भर्ना भएकै हुनुपर्नेछ ।

    खातावालाले बढीमा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन सक्छन् । पहिलो पटकको दाबीमा बढीमा ५० हजार रुपैयाँ मात्र दिइने निरौलाले बताए । पहिलो पटक २० हजारको दाबी आए पनि दोस्रो पटक ८० हजारको दाबी आए पनि एक लाख रुपैयाँ नै पाउन सकिने उनको भनाइ छ । 

    कसरी हुन्छ दाबी भुक्तानी ? 

    तोकिएको अवधिभित्र नियमित प्रिमियम तिरेर बिमा सुविधा खरिद गरेका बिमितहरूले दाबी भुक्तानीका लागि निकै झन्झट बेहोर्नु परेको गुनासो सुनिन्छ । बैंकले भने खाता खोलेकै भरमा निःशुल्क रूपमा उपलब्ध गराएको बिमा सुविधाको भुक्तानी प्रक्रियालाई सहज बनाएको छ ।

    दुःखमा परेका सेवाग्राहीका लागि बैंकले दाबी भुक्तानीका लागि पर्याप्त समयसमेत उपलब्ध गराएको छ । न्यूनतम १० हजार रुपैयाँ मौज्दातमा परिवार सुरक्षा बचत खाता खोलेका बिरामी अस्पताल भर्ना भएर २४ घण्टा बसेको प्रमाण र खर्च भएको बिलसहित बैंकको कुनै पनि शाखामा गएर ३० दिनभित्र दाबी पेस गर्न सकिन्छ । दुर्घटनामा निधन भएमा वा प्राणघातक रोग लोगेमा भने ६ महिना (१८३ दिन) भित्र बैंकको कुनै पनि शाखामा गएर निवेदन दिनुपर्ने हुन्छ । 

    १४ करोड बढी भुक्तानी

    सेवाग्राहीहरूको आकर्षण बढेसँगै बैंकले यसलाई उत्कृष्ट र लाभदायक ‘प्रोडक्ट’ सावित भएको बताउँदै आएको छ । बैंकले निश्चित अवधिका लागि ल्याएको यो खाता योजनामा ६० हजारभन्दा बढी सेवाग्राहीहरू आबद्ध भइसकेका छन् ।

    सेवागाहीको आकर्षाण बढेपछि बैंकले यो योजनालाई निरन्तरता दिइरहेको छ । बैंकले परिवार सुरक्षा बचत खाता सञ्चालन गरेदेखि आजसम्मको समयमा ८ हजारभन्दा बढी ग्राहकहरूलाई १४ करोड रुपैयाँभन्दा दाबी भुक्तानी गरिसकेको संस्थागत तथा रिटेल बैंकिङ विभागका प्रमुख निरौलाले जानकारी दिए । 

    बैंकले गत आर्थिक वर्षमा मात्रै बैंकले ३५ सय जनालाई साढे तीन करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेको थियो । बैंकले सञ्चालन गरेको यो योजना बन्द गर्नुपर्ने अवस्थामा आए सूचना निकालेर नै सेवाग्राहीहरूलाई जानकारी दिइने उनले बताए । 

    केके छन् थप सुविधा ? 

    बिमाको सुविधासँगै अन्य सुविधा पनि पाइने भएकोले बैंकले ल्याएको यो खाता योजना सेवाग्राहीको पहिलो रोजाइमा पर्ने गरेको छ । खाता खोलेकै भरमा इन्टरनेट बैंकिङ्ग तथा निःशुल्क, मोबाइल बैंकिङ्ग सुविधासमेत निःशुल्क रूपमा पाइनेछ ।

    बैंकले परिवार सुरक्षा बचत खाता खोल्ने सेवाग्राहीलाई मोवाइल र इन्टरनेट बैंकिङ्ग सुविधा पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्कमा उपलब्ध गराउने भएको छ । साथै भिजा डेबिट कार्ड, पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्कमा उपलब्ध हुने बैंकले जनाएको छ । यो कार्डले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम टर्मिनलबाट पैसा झिक्दा थप शुल्क तिर्नुपर्दैन ।

    बैंकले परिवार सुरक्षा बचत खाताको अलवा पनि अरु डिजिटल कारोबार गर्न चाहनेलाई शून्य बचतमा खाता खोलेर कारोबार गर्ने सुविधा पनि दिएको छ । 
    कुमारी बैंक देशको १५ औँ वाणिज्य बैंकको रूपमा वि.सं. २०५७ चैत्र २१ गतेबाट सेवा सुरु गरेको निजी क्षेत्रको वाणिज्य बैंक हो ।

    हाल कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    देशमा आधुनिक एवं प्रतिस्पर्धी बैकिङ्ग सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको यो बैंकको चुक्ता पुँजी २६ अर्ब २३  करोड रुपैयाँ रहेको छ । बैंकले इन्टरनेट बैकिङ्ग तथा मोबाइल बैकिङ्ग जस्ता अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्नुमा यस बैंक अग्रणी स्थानमा रहेको छ । कोर बैकिङ्ग सफ्ट्वेयर, फिनाकल (भर्जन–१०) को कार्यान्वयन पश्चात बैंकले नेपाल अधिराज्यभर अत्याधुनिक तथा सशक्त बंैकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार