images
images

‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को चौथो संस्करण माघ १२ गते

‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को चौथो संस्करण माघ १२ गते

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को चौथो संस्करण माघ १२ गते
    images
    images

    काठमाडौँ /  नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ (चौथो संस्करण) को आयोजना गरेको छ । बुधबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै  ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ माघ १२ गते विहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको हो । कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यतिहरूले सहभागीताको लागि रजिष्ट्रेशन गरेका छन् ।

    प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै राष्ट्र निर्माणका आधार एबम अमूल्य सम्पतिका रूपमा रहेका नागरिकहरूलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एवं राष्ट्रिय एकता कायम खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको जनाएको छ ।

    सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सब भन्दा ठुलो प्रतियोगिता रहने यो म्याराथन विगत ३ बर्ष देखि आयोजना  गरिँदै आएको  छ ।

    गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरूषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । यस प्रतियोगितामा हाफ म्याराथन पुरूष तथा महिला, पुरूष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरूलाई ५ किमि (पुरूष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यतिहरूको लागि ह्विलचेयर , पुरूष तथा महिला र बालबालिकाहरूको लागि 'Run for Fun' विधाका दौडहरू समावेश गरिएका छन् ।

    यस कार्यक्रमको जम्मा पुरस्कार राशी करसहित १७ लाख ६३ हजार ३३३.३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख ५० हजार रहेको छ भने पाँचौं स्थान सम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

    भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीहरूलाई टिसर्ट, खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुबिधाको लागि रूटका विभिन्न स्थानहरूमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरूको व्यवस्था गरिएको छ । 

    प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयं सेवकहरू परिचालन गरिने छ । नेपाल एथलेटिक एशोसिएसनको मान्यता एवं प्राबिधिक सहयोगमा संचालन हुने यस प्रतियोगितालाई युनाइटेड स्टेड सोयाबीन एक्सपोर्ट काउन्सिल युएसएसइसीको मुख्य प्रायोजन, पशु सेवा बिभाग र नेपाल दाना उद्योग संघको बिशेष सहयोग रहेको छ । 

    साथै कार्यक्रमको हस्पिटल पार्टनर प्राइमरा अस्पताल, टिकेटिङ पार्टनर इसेवा र  फुड पार्टनर केबी एग्रो र हस्पीटालिटी पार्टनर होटल काठमाडौं मेरियट होटल र फेयरफिल्ड मेरियट रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार