images
images

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडको पालुङ्ग शाखाले थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरेको छ । 

    उक्त विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरूमध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रूपमा असर परेपछि बैंकले सहयोग गरेको हो । पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ । 

    महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

    सोही क्रममा बैंकले सर्वोदय परियोजना नामक गैह्र सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रवर्द्धन गर्न आयोजित ‘क्भलकबतष्यल ग्लकभभल स् अदृश्य मोतीहरू’नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त आर्थिक सहयोग समेत गरेकको छ ।  

    यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार