images
images

महालक्ष्मी विकास बैंकद्वारा ‘रिकरिङ्ग बचत खाता’ सञ्चालन, बचतमै मुद्दती सरहको ब्याज पाइने

महालक्ष्मी विकास बैंकद्वारा ‘रिकरिङ्ग बचत खाता’ सञ्चालन, बचतमै मुद्दती सरहको ब्याज पाइने

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैंकद्वारा ‘रिकरिङ्ग बचत खाता’ सञ्चालन, बचतमै मुद्दती सरहको ब्याज पाइने
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । बालबालिकाहरूको भोलिको दिनहरूमा आइपर्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बैंकले बचत मै मुद्दती सरहको ब्याज दिनेगरी उक्त खाता सञ्चालनमा ल्याएको हो । 

    images
    images

    उक्त खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।

    उक्त बचत खाताको विशेषताहरू यस्ता छन् 

    - अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ती पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । 

    - मुद्दती खाता जस्तो धेरै रकम पनि चाहिँदैन । 

    - मात्र ५०० रुपैयाँबाट समेत यो खातको सुरुवात गर्न सकिन्छ । 

    - आकर्षक ब्याज पाइनेछ । 

    - अवधि समाप्ती पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । 

    भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरूको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरूको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार