images
images

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ।  तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

    सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

    भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

    बुधबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

    बर्षा र हिमपातको सम्भावना भएको क्षेत्रमा दैनिक जनजीवन,स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार