images
images

राष्ट्रिय च्याउ दिवस भोलि, च्याउको स्वाद लिँदै साङ्गीतिक कार्यक्रमको मनोरञ्जन लिन पाइने

राष्ट्रिय च्याउ दिवस भोलि, च्याउको स्वाद लिँदै साङ्गीतिक कार्यक्रमको मनोरञ्जन लिन पाइने

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • राष्ट्रिय च्याउ दिवस भोलि, च्याउको स्वाद लिँदै साङ्गीतिक कार्यक्रमको मनोरञ्जन लिन पाइने
    images
    images

    काठमाडौँ / च्याउ उत्पादक किसान सङ्घ, नेपालको आयोजनामा पुस १५ गते अर्थात भोलि राष्ट्रिय च्याउ दिवसको आयोजना हुने भएको छ । भृकुटीमण्डपमा आयोजना गर्न लागिएको उक्त मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए। 

    उनले मेलामा च्याउका परिकारसमेत प्रदर्शनी गरिने र गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने बताए।

    भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताए।

    मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ। मेला आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ ।

    नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले जानकारी दिएको छ। नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बिउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ रहेको अध्यक्ष कार्कीले बताए । 

    सङ्घका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ।

    च्याउ उत्पादक किसान सङ्घ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो।

    पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।

    विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको सङ्घले जनाएको छ।

    सोही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको सङ्घले जनाएको छ।

    ‘पौष महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पौष महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रुपमा घोषणा गराउनका लागि संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेको सन्दर्भमा मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ को कार्यक्रम २०७६ पौष १५ गतेका दिन  बागमति प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको थियो,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सो दिन च्याउ संघ र कृषकको अनुरोधलाई स्वीकार गर्दै बागमति प्रदेश सरकारले प्रदेश स्तरमा च्याउ दिवसको विधिवत रूपमा घोषणा गरेको संघले जनाएको छ । 

    सोही अनुसार  हरेक वर्ष पौष १५ गते यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको संघले जानकारी दिएको छ । अध्यक्ष कार्कीका अनुसार किसानले आफैँ च्याउ उत्पादन गर्ने र त्यसको उचित व्यववस्थापन पनि आफैँले गर्नुपर्ने बाध्यता रहेको गुनासो व्यक्त गरे । 

    खुला बजार अर्थनीतिका कारण नेपाली किसानहरूको उत्पादन बिश्व बजारका उत्पादनसंग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताए । 

    देशैभर च्याउको कारोबार १५ अर्ब रुपैयाँ हाराहारी रहेको अध्यक्ष कार्कीले बताए । संघकाअनुसार अहिले दैनिक गोलो च्याउ ८ देखि १० हजार केजी उत्पादन हुँदै आइरहेको छ । 

    यस्तै कन्ये च्याउ ४० देखि ५० हजार केजी उत्पादन हुँदै आइरहेको संघले जनाएको छ । अब १० दिनपछि च्याउ सस्तिने समेत अध्यक्ष कार्कीले बताए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनको भनाई छ । 

    त्यस्तै, सिताके च्याउको न्युन उत्पादन भइरहेको उनले बताए । 

    च्याउको व्यवसायिक उत्पादनमा सरकारले वेवास्ता गरेको गनाुो गर्दै अध्यक्ष कार्कीले भने, “सुरुवाती समयमा सामान्य सहयोग भए पनि  च्याउखेतीले व्यवसायिक रूप लिँदा सरकारले पर्याप्त सहयोग गरेको देखिदैन ।” 

    च्याउको अनुसन्धान केन्द्र आवश्यक भएको अध्यक्ष कार्कीले बताए । उनले भने, “हाम्रो जंगलमा बहुमूल्य च्याउन कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यवसायिक रूपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौँ, तरसर सुनुवाई हुन सकेको छैन ।” 

    उनले च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले किसानले करिब १८ घण्टा च्यउाउनमा काम हुने भएकाले एक दिन च्याउ उत्सवका रूपमा मनाउनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए  ।

    कृषि मन्त्रालयले बिमामा करिब ७५ प्रतिशत अनुदान दिएकोमा च्याउको बिमा गर्न बीमा कम्पनीहरूले मान्ने नगरेको गुनासो अध्यक्ष कार्कीले जानकारी दिए । 

    यसमा सहजीकरण आवश्यक भएको औँल्याउँदै उनले च्याउ उत्पादन गर्नका लागि पनि उचित नीति आवश्यक भएको बताए । 
    उनले थपे, “कुन किसिमको च्याउ खेती गर्ने ? त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ ।”

    च्याउ आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको उनले बताए । डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसकेको उनले बताए । 

    दुई चार वर्षमै आत्मनिर्भर बन्न सकिने उनको दावी छ । तर सरकारले यसलाई उचित पहल गरिदिएर अगाडि बढ्न सक्नुपर्नेमा उनले जोड दिए ।

    राज्यले सहयोग नगरिदिँदा यस्तो अवस्था नआउने उनको भनाइ छ ।

    उनले भने, “आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ । विगतको तुलनामा आयात घटिरहेको छ ।” 

    नेपालमा हाल च्याउ खेतीमा करिव ३५ हजार किसानहरू आवद्ध छन् । नेपालभरको विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्बको हाराहारिमा रहेको छ । 

    च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ ओटा रहेको छ । च्याउका पारखीहरूका लागि विशेष महोत्सवको रूपमा लिइने उक्त मेलाको विगतका वर्षहरूमा भन्दा यस वर्ष अझै फरक र विशेष हुने अध्यक्ष कार्कीले दाबी गरे । 

    सोमबार बिहानै च्याउबारे चेतनामूलक बाइक र्याली कार्यक्रम हुनेछ । यस्तै, दिउँसो भृकुटीमण्डमा भव्य साङ्गीतिक कार्यक्रमसहित च्याउका पारखीहरूलाई  च्याउ परिकार खान पाइने उनले बताए । 

    रैथाने च्याउका जातहरूबारे जानकारी तथा  विविध स्वादका च्याउहरू खान पाइने उक्त महोत्सवमा खेती गर्न चाहनेहरूका लागि पनि आवश्यक परामर्श दिइने संघका महासचिव विकास रिमालले बताएका छन् ।

    महासचिव रिमालका अनुसार परिकारसँगै, च्याउका जातहरू अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जन पनि लिन पाइन्छ । च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार खान र बुझ्न सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार