images
images

एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग

एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • एओजी एक्स कल्टद्वारा द लास्ट रिसोर्ट सम्म २५० किमीराउण्ड ट्रिप यात्रा, रोमाञ्चक यात्रामा विद्यार्थीलाई सहयोग
    images
    images

    काठमाडौं/  एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड  काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा सम्पन्न भएको छ । 

    यात्राको आयोजना पुस ५ र ६ गते गरिएको थियो ।

    कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिइएको छ । 

    कार्यक्रममार्फत आयोजकले सहभागीहरुलाई रोमाञ्चक यात्राको अनुभवका साथै, सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

    “राइड फर चेन्ज” पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । 

    भिमसेन मा. वि. एक दुर्गम विद्यालय हो ।  यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।  

    आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । 

    यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । 

    यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

    यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलोपटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । 

    रोमाञ्चक साहसिक गतिविधि र सीएसआर  योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बतायो ।

    एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । 

    यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । 

    यस्ता  पहलहरूको माध्यमबाट, समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार