images
images

हुन्डाई आयोनिक ५ ईभीको असाधरण उपलब्धि, धेरै उचाइमा विश्व कीर्तिमानी सडक यात्रा

हुन्डाई आयोनिक ५ ईभीको असाधरण उपलब्धि, धेरै उचाइमा विश्व कीर्तिमानी सडक यात्रा

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • हुन्डाई आयोनिक ५ ईभीको असाधरण उपलब्धि, धेरै उचाइमा विश्व कीर्तिमानी सडक यात्रा
    images
    images

    काठमाडौँ / हुन्डाई मोटर कम्पनीको आयोनिक ५ विद्युतीय गाडी (ईभी)ले असाधारण उपलब्धि हासिल गरेको छ । हुन्डाई आयोनिक ५ ईभीले विश्व कीर्तिमानी राख्न सबैभन्दा धेरै उचाइ परिवर्तन हुने सडकमा यात्रा गरेर असाधरण उपलब्ध हासिल गरेको हो । 

    कीर्तिमानीको प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको बताइएको छ । यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो ।

    कम्पनीका अनुसार सो यात्रा भारतको लेलद्दाखस्थित समुद्री सतहभन्दा पाँच हजार ७९९ मिटर अग्लो उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो । 

    उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ ।

    HyundAI.JPG
    सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक, अनसू किम ले भने, “हुन्डाई आयोनिक ५ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको GUINNESS WORLD RECORD™ हासिल गरेर इतिहास रचेको देख्दा हामी अत्यन्तै गर्व महसुस गर्छौं। यो उपलब्धि आयोनिक ५ को नवीनता, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो । यस्तो चरम अवस्थाहरूमा क्ष्इल्क्ष्त्त छ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ। हुन्डाईमा, हामी सधैँ सीमाहरूलाई चुनौती दिन र ई-मोबिलिटीमा नयाँ मानक स्थापित गर्न प्रतिबद्ध छौं, र यो रेकर्डले हाम्रो ‘प्रोग्रेस फर ह्युमानिटी’ को दृष्टिलाई अझ सुदृढ बनाएको छ।”

    news hyndai.JPG

    यसले गाडीको रेजिलेन्स, अत्याधुनिक प्रविधि र पर्फमेन्सको अब्बलता झल्काएको कम्पनीको विश्वास छ ।

    आयोनिक ५ ईभीले जटिल वातावरणमा नेभिगेट गर्नसक्ने, हिमालयको चिसो तापक्रम, पहाडी बाटो र केरलाको आद्रतासहितको तटीय क्षेत्रमा यात्रा, हिमालयको चिसो तापक्रम र ठाडो पहाडी पासदेखि आद्रता भएको केरलाको तटीय क्षेत्रसम्मको यात्रा गरेको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार