images
images

केईको ३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, मूल्य र विशेषता यस्तो छ

केईको ३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, मूल्य र विशेषता यस्तो छ

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • केईको ३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, मूल्य र विशेषता यस्तो छ
    images
    images

    काठमाडौँ / लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्सले नेपाली बजारमा ल्याएको केईको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरिएको छ । 

    बिहिबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ३० वटा गाडी ग्राहकहरूलाई हस्तान्तरण गरेका हुन् । यी दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।

    अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई-क्युट०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ ।

    यो नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । यो गाडि एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । 

    साथै, कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ । कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । 

    Kei gadi news.JPG

    साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन-टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।

    सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत थुप्रै फिचर दिइएको छ । लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्सले यसको सुरुवाती मूल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार