images
images

७ जिल्लाका मेकानिक्सलाई सिएफ मोटोले दियो तालिम, दक्ष जनशक्ति उत्पादनमा जोड

७ जिल्लाका मेकानिक्सलाई सिएफ मोटोले दियो तालिम, दक्ष जनशक्ति उत्पादनमा जोड

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • ७ जिल्लाका मेकानिक्सलाई सिएफ मोटोले दियो तालिम, दक्ष जनशक्ति उत्पादनमा जोड
    images
    images

    काठमाडौं/  सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष तालिम सम्पन्न गरेको छ। 

    चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका समुहले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् । 

    मसिंर २९ देखि पुस २ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा काठमार्डौ, भक्तपुर, ललितपुर, काभ्रे, हेटौंडा, बुटवल र पोखराका टेक्निसियन सहभागी भएका थिए । 

    कार्यक्रम सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । 

    तालिम सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसंग सम्वन्धित थियो । 

    कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्री पछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ। 

    ‘सिएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखी बिक्री हुँदै आएको हो । 

    यो ब्रान्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौ। 

    सर्भिसिङलाई सहज बनाउन स्थानिय स्तरमा वर्कशप संचालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनु पर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रमा सम्पन्न गरेका हौँ’ उनले भने । 

    ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित गर्दै लगेकोे छ ।

     ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्ट्समा नै छ । हाम्रो प्रोडक्ट प्रयोग गर्ने कोही पनि  ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्नेमा हामी सचेत छौ ।

     सोही अनुरुप पछिल्लो समय शोरुमको विस्तारसंगै स्थानिय स्तरमा वर्कशप संचालन गर्ने टेक्निसियनलाई समेत तलिम दिन थालेका हौँ । 

    हाम्रो यो कदमले आगामी दिनमा सिएफ मोटो र जिहो ब्रान्डको मर्मत सम्भार कार्य झनै सहज वन्ने विश्वास छ ’ महाप्रबन्धक जोशीले भने  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार