images
images

चिलिमे जलविद्युतद्वारा १२ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

चिलिमे जलविद्युतद्वारा १२ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

मंगलवार, पुस २ २०८१
मंगलवार, पुस २ २०८१
  • चिलिमे जलविद्युतद्वारा १२ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?
    images
    images

    काठमाडौँ / चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव घोषणा गरेको हो । 

    आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ । 

    उक्त लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण गरिनेछ । पुस २८ गते साधारण सभा बोलाएको सो कम्पनीले बुक क्लोज भने पुस १६ गते गर्ने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार