images
images

‘पहाड’मा निर्देशक घिमिरेका दुई छोरी पञ्चमी र भावना

‘पहाड’मा निर्देशक घिमिरेका दुई छोरी पञ्चमी र भावना

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    ‘पहाड’मा निर्देशक घिमिरेका दुई छोरी पञ्चमी र भावना
    images
    images

    काठमाडौँ / तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरु भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरु गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो ।

    images
    images

    आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । 

    निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामू ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
    निर्देशक घिमिरेले आफ्नै छोरी पञ्चमीलाई निर्देशन गरिरहेका छन् । उनले अभिनेता मदनकृष्ण श्रेष्ठ र अरुण क्षेत्रीसँग मुहुर्त सट दिएकी थिइन् । निर्देशक घिमिरेकी छोरी पञ्चमीले पहिलो दृश्यमा गरेको कामले आफूसहित टिमलाई प्रभावित बनाएको बताए । 
    उनले भने, “मदन दाईसँग स्क्रीन सेयर गर्दा छोरी पञ्चमीले कस्तो गर्लिन् भन्ने कौतुहलता थियो किनकि डेब्यु कलाकारको तयारी भएता पनि एक÷दुई दिन सहजता हँुदैन । तर, पहिलो दृश्य कैद गर्दा उनमा देखिएको आत्मविश्वासले म ढुक्क छु ।”
    उनले छोरीले आफ्नै पेसा फिल्मकर्मलाई रोजेकोमा खुसी व्यक्त गरे । किनकि अन्य पेसाका अभिभावक झैँ उनी छोरीले फिल्ममा काम गरेको हेर्न चाहन्थे । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको कथा निर्देशक घिमिरेले नै तयार पारेको हो ।

    उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

    स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङकन गरिरहेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

     छायाँकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् । फिल्मको छायाङकन गोरखा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए । 

    भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन् । 

    यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग सहनिर्माता रहेको फिल्म नेपालमा वैङकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

    यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार