images
images

नेप्से परिसूचक ६.३२ अङ्कले घट्यो, कारोबार रकम दिन ४ अर्ब ४१ करोडमा सीमित

नेप्से परिसूचक ६.३२ अङ्कले घट्यो, कारोबार रकम दिन ४ अर्ब ४१ करोडमा सीमित

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • नेप्से परिसूचक ६.३२ अङ्कले घट्यो, कारोबार रकम दिन ४ अर्ब ४१ करोडमा सीमित
    images
    images

    काठमाडौँ / मङ्गलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    यस दिन नेप्से परिसूचक ६.३२ अङ्कले घटेर २ हजार ६६९.८२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अङ्क घटेको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

    अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको सेयर खरिद बिक्री भएको थियो । यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ ।

    त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।

    कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ । अन्य स्टकहरूको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    त्यसैगरी, सानिमामाई हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ ।

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । 

    यस दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । अन्य उपसमूहमध्येको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार