images
images

सेयर बजारमा पहिरो : चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट, कसले कति गुमाए ?

सेयर बजारमा पहिरो : चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट, कसले कति गुमाए ?

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • सेयर बजारमा पहिरो : चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / साताको पहिलो दिन आइतबार नै सेयर बजारमा पहिरो गएको छ । यो दिन नेप्से परिसूचक ४५.९३ अङ्कले घटेर २ हजार ६ सय ८९ बिन्दुमा पुगेको हो । आज ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

    आइतबार ३२१ धितोपत्रको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ८१ हजार ४०४ पटकमा कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ६.९६ प्रतिशतले घटेर ४ सय ५७.०४ अङ्कमा झरेको छ । 

    आइतबार कारोबारमा आएका सबै समूहको परिसूचकमा पहिरो गएको छ । यो दिन सबैभन्दा बढी जीवन बिमा समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ भने व्यापारिक समूहको परिसूचक २.१३ प्रतिशतले घटेको छ । 

    त्यस्तै, बैंकिङ उपसमूह, विकास बैंक, वित्त समूह, होटल्स तथा पर्यटन समूह, हाइड्रोपावर समूह, इन्भेस्टमेन्ट समूह र लघुवित्त समूहको परिसूचकमा उच्च गिरावट आएका छ । 

    खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, दोल्ती पावर कम्पनी र १० प्रतिशत केबिएल डिवेन्चर २०९० को सेयर मूल्य पनि आज ८ प्रतिशत बढीले बृद्धि भएको छ । 

    आइतबार एकैदिन चार ओटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो दिन मानुषी लघुवित्त वित्तीय संस्था, जीवन बिमा कर्पोरेसन (नेपाल), जोशी हाइड्रो पावर डेभलपमेन्ट र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । 

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हिस्सा रहेको छ । यो कम्पनीको आजको सेयर कारोबार रकम ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार