images
images

दोस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

दोस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • दोस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम घट्यो
    images
    images

    साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १७.८० अङ्कले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको छ । सोमबार १९.९७ अङ्कले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा पुगेको नेप्से परिसूचक आज पनि बढेको हो । यता, सेन्सेटिभ इण्डेक्स भने ०.५८ अङ्कले घटेर ४ सय ७१.२१ अङ्कमा झरेको छ । 

    यस दिन ३०७ स्टकको ८८ हजार ७ सय ७५ पटकको कारोबारमा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

    मङ्गलबार १ करोड ८१ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । बजार पुँजीकरण रकम पनि बढेर आज ४६ खर्ब ४ अर्ब ३ सय करोड पुगेको छ । 

    मङ्गलबार इङ्ग्वा हाइड्रोपावर लिमिटेड र दिव्यश्वरी हाइड्रोपावरको  सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सुपरमादी हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ । 

    यता, अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य भने ९.५१ प्रतिशतले घटेको छ । 

    यो दिन ङादी ग्रुपको २६ करोड ७४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन आजको उच्चतम कारोबार हो । त्यस्तै, जानकी फाइनान्सको २६ करोड ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मङ्गलबारको कारोबारमा १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । 

    यो दिन सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक ५.९६ प्रतिशत, हाइड्रो पावर उपसमूहको परिसूचक १.५२ प्रतिशत, जीवन बिमा समूहको १.५२ प्रतिशत र वित्त समूहको परिसूचक १.३९ प्रतिशतले बढेको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार