images
images

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई भेटेर के भने ?

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई भेटेर के भने ?

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई भेटेर के भने ?
    images
    images

    काठमाडौँ / नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेट तथा छलफल गरेको छ । बिहीबार ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाउनेलगायतका विषयमा छलफल भएको थियो । 

    उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीलगायतका कार्य समिति सदस्यहरूले समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हकहित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए । 
    साथै, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

    उक्त छलफल तथा भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरू सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति थियोे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार