images
images

धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ
    images
    images

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

    धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य रहेका श्रेष्ठ व्यावसायिक पृष्ठभूमिका हुन् । 

    उनले एमबीएसम्मको अध्ययन गरेका छन् । योसँगै अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।

    धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ । त्यसैअनुसार नयाँ अध्यक्ष नियुक्त नहुन्जेल अर्थमन्त्रालयले कर्मचारीलाई नै अध्यक्षको हैसियतमा पठाउँदै आएको थियो । 

    हमालको कार्यकाल सकिएपछि २०८० माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार