images
images

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक ३१.३१ अङ्कले घट्यो, वित्त समूहको परिसूचकमा पहिरो

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक ३१.३१ अङ्कले घट्यो, वित्त समूहको परिसूचकमा पहिरो

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक ३१.३१ अङ्कले घट्यो, वित्त समूहको परिसूचकमा पहिरो
    images
    images

    काठमाडौँ / सेयर बजारमा उतार चढाव कायमै छ । बुधबार सामान्य अङ्कले बढेको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको हो । बुधबार नेप्से परिसूचक ९.०९ अङ्कले बढेर २ हजार ७ सय ११.७५ बिन्दुमा उक्लिएको थियो भने आज ३१.३१ अङ्कले घटेर २ हजार ६८०.४४ बिन्दुमा झरेको छ । 

    नेप्से परिसूचक घटेको भए पनि आज कारोबार रकम बढेको छ । बुधबार ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको कोरोबार भएकोमा आज बढेर ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । 

    यो दिन ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर ८४ हजार ८५८ पटक खरिद बिक्री भएको छ । यो दिन कारोबारमा आएका १३ ओटै समूहमा पहिरो गएको छ। 

    आज सर्वाधिक बढी वित्त समूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ भने विकास बैंक समूह, होटल्स तथा पर्यटन समूह, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूह, निर्जीबन बिमा र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । 

    नेप्से परिसूचक घटेको भए पनि आज दुई ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था र थ्रीस्टार हाइड्रो पावरको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको हो । 

    यता, जानकी फाइनान्सको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार