काठमाडौँ / प्रदर्शनको सुरुवातदेखि नै आक्रमक व्यापार गरिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ। यो फिल्मले मंगलबारसम्म स्वदेशी बक्सअफिसमा ३७ करोड ग्रसको व्यापार गरेको वितरकले जनाएको छ ।
बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ । फिल्मले विदेशमा समेत राम्रो आम्दानी गरिरहेको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ले २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको बताइएको छ ।
वितरक करण श्रेष्ठका अनुसार फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ ।
फिल्लमा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ । फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो ।