images
Logo
images
images
images

बेष्ट फाइनान्सको वार्षिक साधारण सभा : दुई सञ्चालक नियुक्तिदेखि मर्जर अख्तियारीसम्मका निर्णय

बेष्ट फाइनान्सको वार्षिक साधारण सभा : दुई सञ्चालक नियुक्तिदेखि मर्जर अख्तियारीसम्मका निर्णय

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • बेष्ट फाइनान्सको वार्षिक साधारण सभा : दुई सञ्चालक नियुक्तिदेखि मर्जर अख्तियारीसम्मका निर्णय

    काठमाडौँ / बेष्ट फाइनान्स कम्पनीको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक बर्ष २०७९/२०८० को बार्षिक वित्तीय विवरणहरू पारित गर्दै गत बुधबार काठमाडौँमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

    images
    images
    images
    images

    सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि दुई जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित सञ्चालकहरूमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् ।
    सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको शेयर प्रतिशत संशोधन, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।

    यस वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी कार्य गर्न, चल अचल सम्पति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार