images
images

नेपाल बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबिच सम्झौता, १० देखि ५० प्रतिशतसम्म छुट

नेपाल बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबिच सम्झौता, १० देखि ५० प्रतिशतसम्म छुट

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • नेपाल बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबिच सम्झौता, १० देखि ५० प्रतिशतसम्म छुट
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित एएसजी आइ केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बिच छुटसम्बन्धी सम्झौता भएको छ । गत सोमबार बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबिच बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्वन्धी सम्झौता भएको हो । 

    सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई क्लिनिक को विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । 

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकाुरले हस्ताक्षर गरे । 

    सोबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने Eye Surgery procedures, minor investigation, optical lens, frames, treatment, जस्ता आँखा सम्बन्धिसँग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार