काठमाडौँ / राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो भने सामान्य बढेको छ ।
बुधबार यूरो एकको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर ३५६ रुपैयाँ र बिक्रीदर ३५७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्