images
images

अमेरिकी एक डलरको बिक्री मूल्य १३४.८३ रुपैयाँ र कुवेती दिनार ४३९.५६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी एक डलरको बिक्री मूल्य १३४.८३ रुपैयाँ र कुवेती दिनार ४३९.५६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • अमेरिकी एक डलरको बिक्री मूल्य १३४.८३  रुपैयाँ र कुवेती दिनार ४३९.५६ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ २५ र बिक्रीदर १७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

    यसैगरी, राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ र बिक्रीदर ३५७ रुपैयाँ ५९ पैसा तोकेको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार