images
images

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ ।  

    प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा आज अर्थात कार्तिक १३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको हो । 

    प्रमुख अतिथि प्रधानमन्त्री ओलीको सम्मानमा दीक्षान्त समारोहका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए । 

    प्रधानमन्त्री ओलीले तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रमेश जोशीलाई खुकुरी प्रदान गर्नुकासाथै शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे । 

    उनले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेका अधिकृतहरुलाई हार्दिक बधाई दिदै जिम्मेवारीका क्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई व्यवहारमा कुशलतापूर्वक उतार्नु पर्ने बताए । 

    प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल नेपालले जुस्तोसुकै परिस्थितीको सामना गरी आफुलाई बहादुरी देखाएकोमा प्रशंसा गदै यस्तो संगठनमा प्रवेश गरी राज्य र संगठनको मात्र नभई आम नागरिकको सेवा र सुरक्षामा कटिवद्ध भएर लाग्न निर्देशन दिए । 

    ईमान्दारिता नै सफलताको प्रतिक भएको बताउदै ओलीले भने, घमण्डले मानिसलाई विनाश तिर लैजान्छ भने विनम्रताले मानिसलाई सफलता तिर लैजान्छ ।’

    उनले दीक्षित अधिकृतहरुलाई सेवा प्रवेश गर्दा संगठनको क्षमता, साख र कामको नयाँ उचाई कायम गरी अगाडी बढ्नुपर्ने बताउदै जस्तोसुकै आपद् विपद्का समयमा मात्र नभई अन्य परिस्थितीहरुमा समेत एकजुट भएर लाग्न निर्देशन दिए । 

    प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल नेपालले स्वदेशमा मात्र नभई विदेशमा समेत रहेर देशको शान्ति स्थापना गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेको चर्चा गर्दै देशमा बढ्नसक्ने हिंसा, अराजकता, नियम विपरीताका कार्य तथा असामाजिक क्रियाकलाप रोक्न एकजुट भई लाग्नुपर्ने बताए । 

    विओपीहरु स्थापना गरेर सीमालाई नियमित गर्न, गैह्र कानुनी कार्य हुन नदिन सशस्त्र प्रहरी बल नेपालले पु¥याएको योगदानको प्रशंसा समेत गरे । 

    उनले सशस्त्र प्रहरी बल नेपालको मौजुदा कानुनलाई समायनाकुल परिमार्जन गर्दै लैजाने बताउदै संगठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरुको मनोवल उच्च हुनेगरी कार्य गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । 

    समारोहमा गृहमन्त्री रमेश लेखकले राज्यले सुम्पेका जिम्मेवारीलाई सशस्त्र प्रहरी बल नेपालले कर्तव्य बोधकासाथ आम नागरिकहरुको सेवा सुरक्षामा कटिवद्ध भई लागेको बताउदै देश र जनताको लागि गरेको त्याग, बलिदान, कर्तव्यपरायणता र लगनशिलता नेपाली जनताले देखेको मात्र नभई प्रत्यक्ष महशुस गरेको समेत बताए । 

    उनले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तराष्ट्रिय मापदण्डसहितको थप विओपीहरुको स्थापना, मौजुदा विओपीहरुको स्तरबृद्धि गरी संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको बताए । 

    माननीय गृहमन्त्री लेखकले देशका ७७ वटै जिल्लामा आफ्नो परिचालनलाई विस्तार गर्दै संघीय सरकारको महत्वपूर्ण सुरक्षा अंगको रुपमा परिचित सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा बन्दोबस्तीका सामाग्रीसहित अगाडी बढाउन मन्त्रालय प्रयासरत रहेको बताए । 

    उनले दीक्षित हुन लागेका अधिकृतहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीतालाई सदैव सत्य र लोकहितका पक्षमा लगाउन निर्देशन दिदै समयको प्रतिकुल परिस्थितीमा समेत हरेश नखाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै देश र जनताको सेवा र सुरक्षामा एकजुट भएर लागे असफलता भन्ने शब्द नै नहुने बताए । 

    माननीय गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानून निर्माणको प्रक्रिया अगाडी बढेको बताउनुहुँदै नयाँ कानून निर्माणले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, सवल र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे । 

    उनले सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अत्यन्तै राम्रो प्रदर्शन गरेको चर्चा गर्नुहुँदै सो स्तरको विशिष्ट भूमिका निर्वाह गर्ने खेलाडीहरुलाई सरकारले नै निर्णय गरेर विभिन्न पदमा शुसोभित तथा नयाँ नियुक्त गर्दा खेलाडीहरुको मनोबल उच्च रहने र अन्य युवा खेलाडीहरुको पनि संगठनमा आकर्षण बढ्ने हुँदा नेपाल सरकारले समेत नीति बनाउन लागेको बताए । 

    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउदै प्रधानमन्त्रीज्यूको गरिमामय उपस्थिती तथा निर्देशनले सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र मनोवल उच्च भएको बताए । 

    उनले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिदै पेशागत जीवन सफलताको शुभकामना समेत व्यक्त गरे । 

    महानिरीक्षक अर्यालले दीक्षित भई जान लागेका अधिकृतहरु माथी राज्य, संगठन र आम नागरिकले आशा, अपेक्षा, आड र भरोसा गर्ने भएकोले कार्यक्षेत्रमा परिचालित हुँदा कुनै प्रकारको लोभ, मोह, प्रलोभन, बहकाउ वा प्रभावमा नपरी जनसेवामा लाग्ने विश्वास व्यक्त गरे । 

    उनले देशको सातै प्रदेशमा परिचालित यस संगठनले विषम परिस्थितीमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मित खोज तथा उद्धार, हुल तथा दंगा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षा लगायत राजश्व चुहावट नियन्त्रण जस्ता संवेदशिल जिम्मेवारीमा प्रभावकारी रुपमा परिचालित भईरहेकोमा उक्त जिम्मेवारीहरु आवश्यकता अनुसार  Bordar Security, Internal Security, Revenue Supports and Disaster Management  (BIRD) अनुरुप विशिष्टिकृत र प्राथमिकीकरण गर्दै लगिएको बताए । 

    समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका थिए । 

    तालिम प्रतिवेदन प्रस्तुत गदै उनले प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमको क्रममा सिकाईएका विविध विषयवस्तु बारे जानकारी गराएका थिए । 

    करिब ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ३ जना महिलासहित कुल ४५ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । 

    तालिममा शारिरीक सहिष्णुतातर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक वासुदेव मिश्र र चाँदमारीतर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक सुजन पोख्रेल उत्कृष्ट भएका छन् ।  

    दीक्षान्त समारोहमा लोकसेवा आयोगका अध्यक्ष माननीय माधव प्रसाद रेग्मी, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति महारथी अशोकराज सिग्देल, लोक आयोगका माननीय सदस्य दिनेश सिलवाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव डा. कृष्णहरी पुस्कर, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका उप–प्रमुख, लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, संचारकर्मी एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार